संविधान संशोधनको बल राजपा कोर्टमा : प्रचण्ड

संविधान संशोधनको बल राजपा कोर्टमा : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १७ साउन । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रवादका नाममा देशलाई विखण्डन, अपमान र विभेदको बीउ रोप्नेलाई परास्त गरी राष्ट्रको एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने दायित्वको बोध सबैले गर्नुपर्नेमा जोड दिए ।

मधेसको मागलाई सम्बोधनका गर्न अघि सारिएको संविधान संशोधन विधेयकलाई पारित गराउन प्रयास जारी रहेको पनि पूर्वप्रधानमन्त्री दाहालले बताए ।

एक प्रश्नको जवाफमा उनले ‘एक मधेस, एक प्रदेश’ को माग आफ्नो दलको लाइन नभएको स्पष्ट पार्दै दुई नं प्रदेशको मुख्य केन्द्र जनकपुरधामलाई महानगरपालिका घोषणा गरी विकासका योजना कार्यान्वयनका लागि आफ्नो दलले पहल गरिरहेको जानकारी पनि दिए ।

एक अन्य प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल आसन्न सबै तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै राजपा, नेपालले चाहे मात्रै संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस हुने जिकिर गरे । प्रचण्डका अनुसार, संविधान संशोधनको बल राजपाको कोर्टमा छ ।

Logo