राजपालाई चुनावमा सहभागी गराउन सरकार प्रतिबद्ध

राजपालाई चुनावमा सहभागी गराउन सरकार प्रतिबद्ध

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १६ साउन ।

कृषि विकास मन्त्री रामकृष्ण यादवले सरकार राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी गराउन प्रतिवद्ध रहेको बताएका छन् ।

मन्त्री यादवले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकारले संविधान संशोधन प्रस्ताव पारित गराउन प्रयास गरिरहेको दावी पनि गरे । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधान संशोधन प्रस्ताव पारित गरेर मुलुकको समस्या समाधान गर्न प्रमुख प्रतिपक्ष एमाले पनि तयार हुनुपर्ने तर्क गरे ।

काँग्रेस नेता समेत रहेका उनले मधेसका जनताको माग सम्बोधन गर्न आफूहरू सक्रियतापूर्वक लागि परेको पनि उल्लेख गरे ।

कृषि मन्त्री यादवले कृषि क्षेत्रमा देखिएको उदासीनता हटाउन आफू लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले कृषि क्षेत्रलाई आम कृषकको आशा र भरोसाको केन्द्र बनाउने गरी सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक योजना बनाउन सुरु गरिसकेको पनि जानकारी दिए । मन्त्री यादवले कृषकहरूलाई अब सिंचाई र मलको अभाव हुन नदिने आश्वासन पनि दिए ।

कृषि मन्त्री यादवले मधेसमा सिंचाईको अभावमा ५० प्रतिशतभन्दा बढी धानखेती हुन नसकेको उल्लेख गर्दै ती समस्या समाधान गर्न मन्त्रालयले प्रदेश नम्बर २ का ८ जिल्लामा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकेको पनि जानकारी दिए ।

Logo