“भरतपुर फैसला दुर्भाग्यपूर्ण”– एमाले

“भरतपुर फैसला दुर्भाग्यपूर्ण”– एमाले

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १५ साउन ।

सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ को मतगणना विवादमा पुनः मतदान गर्न आदेश दिएपछि एमाले नेताहरुले आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले सर्वोच्च अदालतको यो फैसलालाई दुर्भाग्यपूर्ण वताएका छन् ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज भरतपुर–१९ मा पुनः मतदान गर्ने आदेश दिएको थियो ।

कस्ले के भने ?
हार्ने निश्चित भइसकेपछि मतपत्र च्यात्ने दलका प्रतिनिधि । त्यसलाई संरक्षण गर्ने निर्वाचन आयोग । त्यही प्रवृत्तिलाई सघाउने अदालती फÞैसला ।
प्रदीप ज्ञवाली

सर्वोच्चले न्याय दिन सकेन । जालझेल र षडयन्त्रलाई पराजित गर्ने जिम्मेवारी अब भरतपुर १९ का मतदाताको हातमा पुगेको छ । जनता अजेय छन् ।
शंकर पोखरेल

नेकपा एमाले स्वतन्त्र न्यायलयप्रति सम्मान ब्यक्त गर्दछ । न्यायलयको गरिमालाई उच्चो राख्न सदैब कृयाशिल रहनेछ । तर आजको फैसला दुर्भाग्यपूर्ण छ । यसले राजनीतिको अपराधिकरण तथा अपराधको राजनीतिकरणलाई प्रश्रय दिएको छ । नागरिकको सर्बोच्चता तथा जनमतलाई अपमानित गरेको छ । तथापि भरतपुरका जनताले पुन आफ्नो जनमत मार्फत नागरिकको सर्बोच्चतालाई स्थापित गर्नेछन । हामीलाई भरतपुरका जनताप्रति पुरा भरोसा छ । नेपाली जनताले पटक पटकको भदौ १२ लाई कहिलेसम्म सहनु पर्नेहो ?
योगेश भट्टराई
प्रचार प्रमुख, एमाले

Logo