तिब्बत भ्रमणका उपलब्धी सुनाउन ओली निवासमा बैठक

तिब्बत भ्रमणका उपलब्धी सुनाउन ओली निवासमा बैठक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १५ साउन ।

नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उनकै निवास भक्तपुर बालकोटमा आज बस्यो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै मित्रराष्ट्र चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चीनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ सरकारका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा भएका विषयवस्तुहरूको बारेमा बैठकलाई जानकारी गराएका थिए ।

त्यसक्रममा अध्यक्षले लामो समयदेखि नेपाल र चीनका बीचमा व्यापारिक सम्बन्ध कायम रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सञ्चालन गर्न चिनियाँ सरकारको ध्यानाकर्षण गराएको जानकारी गराउनु भयो । त्यस सन्दर्भमा चीन सरकारको सकारात्मक सोंच रहेको कुरा पनि अध्यक्ष ओलीलाई त्यहाँका प्रतिनिधिहरुले जानकारी गराएका थिए । त्यसैगरी नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरू खुला गर्ने सन्दर्भमा समेत ओलीले चिनियाँ प्रतिनिधिहरूको ध्यानाकर्षण गराएको जनाए ।

यस क्रममा अध्यक्ष ओलीले तिब्बतमा भएका अन्य गहन विषयमा भएका छलफल पनि सुनाएका थिए ।

Logo