एमालेले टुंगो लगायो मुस्ताङ र पर्वत जिल्लाका जिल्ला समन्वय समितीका उम्मेदवारको नाम

एमालेले टुंगो लगायो मुस्ताङ र पर्वत जिल्लाका जिल्ला समन्वय समितीका उम्मेदवारको नाम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १२ साउन । 

नेकपा (एमाले) स्थायी कमिटीको बैठकले मुस्ताङ र पर्वत जिल्लामा जिल्ला समन्वय समितीका  उम्मेदवारहरुको नाम टुंगो लगाएको छ। पार्टी कार्यालय धुम्बाराहीमा कार्यबहाक अध्यक्ष बामदेव गौतमको यी दुई जिल्लाका उम्मेदवारको नाम टुंगो लगाएको हो । 

मुस्ताङ र पर्वतमा आजै उम्मेदवारी दर्ता हुँदैछ । एमालेले पर्वत जिल्लामा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङ जिल्लामा छिरिङ ल्हामु गुरुङलाई प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ  ।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि स्थानीय चुनाव सकिएका प्रदेशहरूमा निर्वाचन आयोगले कार्यालय स्थापना गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ।

माघ ७ भित्र ३ तहको निर्वाचन हुनेमा आशंका

‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भइसकेको अवस्थामा त्यस सम्बन्धी काम निर्धारित समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पुरा नहुने हो कि भन्ने विषयमा आशंका छ,’ बैठकपछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ। पार्टी बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको  छ।

Logo