देउवा मन्त्रिमण्डलमा ३ जना मात्र महिला

देउवा मन्त्रिमण्डलमा ३ जना मात्र महिला

केन्द्रबिन्दु
0
Shares

अम्बिका बस्नेत

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ११ साउन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री हुने महिलाको संख्या लाजमर्दो छ । २७ सदस्यीय मन्त्रिपरिषदमा महिलाको संख्या मात्र ३ छ ।

बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री थपिएका थिए । थपिएका मध्येमा अम्बिका बस्नेत सहकारी, आशा कोइराला महिला बालबालिका र मिथिला चौधरी वातावरण रहेका छन् ।

आशा कोइराला

कांग्रेसले १३ जना मन्त्री बनाउँदा मात्र एक जना महिला अम्बिका बस्नेतलाई समावेश गरेको छ भने माओवादीले समेत ९ जना छान्दा एक जना आशा कोइरालालाई समावेश गरेको छ । एक मात्र मन्त्रालय पाएको नेपाल कम्यूनिष्ट पार्टी संयुक्तले भने मिथिला चौधरीलाई मन्त्री बनायो । फोरम लोकतान्त्रिकले भने महिलालाई संझेन ।

मिथिला चौधरी

महिलाहरुले पाएका मन्त्रालय पनि सवै छोडी मन्त्रालय नै हुन् । अर्थात काम देखाउन लायक मन्त्रालय छैनन् । झारो टार्ने हिसावमा मात्र महिलालाई सहभागी गराईएको छ ।

 

Logo