देउवा मन्त्रिमन्डलमा १९ मन्त्री थपिए

देउवा मन्त्रिमन्डलमा १९ मन्त्री थपिए

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ११ साउन ।

लामो चर्चा परिचर्चा र प्रतीक्षापछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सत्तासीन भएको ५१औं दिन मन्त्रिमन्डलको विस्तार गरेका छन् । अब उनको मन्त्रिमन्डल हाललाई २७ सदस्यीय भएको छ ।

बुधबार विस्तार भएको मन्त्रिमन्डलमा कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६ जना, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिएका छन् ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीको शपथसँगै जेठ २४ गते आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

यसअघि नै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास तथा काँग्रेसका गोपालमान श्रेष्ठ उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारीमा छन् भने काँग्रेसकै ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ र फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार मन्त्री छन् । था माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

बुधबार कांग्रेसबाट थपिएका मन्त्रीमा यज्ञबहादुर थापाले कानुन मन्त्रालय, वीरबहादुर बलायरले भौतिक पूर्वाधार र योजना, मोहन बस्नेतले सूचना तथा सञ्चार, सञ्जय गौतमले सिँचाइ, मीन विश्कर्माले वाणिज्य, अम्बिका बस्नेतले गरिबी निवारण र सहकारी, भीमसेनदास प्रधानले रक्षा, रामकृष्ण यादवले कृषि, राजन केसीले युवा तथा खेलकुद र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हाल्दै छन् । पहिले सूचीमा रहेका अर्जुन जोशीको नाम काटेर पछि महेन्द्र यादवको नाम थपिएको हो ।

त्यस्तै, माओवादी केन्द्रबाट पनि आज ६ जना नयाँ मन्त्री थपिएका छन्। माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेलले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले उmर्जा, आशा खनाल कोइरालाले महिला तथा बालबालिका, शिव मण्डलले आपूर्ति, सन्तकुमार चौधरी पशुपंक्षी विकास र टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने छन् ।

माओवादीले तीन राज्यमन्त्री पनि पठाउने भएको छ । जाकिर हुसेन, रामसिंह यादव र शम्भु श्रेष्ठ माओवादीको तर्फबाट राज्यमन्त्री बन्दै छन् ।

यसअघि जेठ २४ गते माओवादी केन्द्रका तीन जना मन्त्री नियुक्त भइसकेका छन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्रीमा प्रभु साह नियुक्त भइसकेका छन्।

नेपाल लोकतान्त्रिक फोरमबाट जीतेन्द्र देव र गोपाल दहितले पनि आजै सपथ लिँदै छन्। नेकपा संयुक्तकी मिथिला चौधरीले वातावरण मन्त्रीको सपथ लिँदै छन् ।

 

Logo