विवेकशील र साझा पार्टी एकीकरणतर्फ

विवेकशील र साझा पार्टी एकीकरणतर्फ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ साउन ।

गत वैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय चुनावका बेला अप्रत्याशित रूपले चर्चामा आएका दुई नयाँ पार्टी विवेकशील नेपाली दल र साझा पार्टी एकआपसमा विलय हुने भएका छन् । पहिलो चरणको स्थानीय चुनावमा काठमाडौंमा मेयर पदको उम्मेदवार बनेर विवेकशीलकी रञ्जु दर्शना तेस्रो स्थानमा र साझाका किशोर थापा चौथो स्थानमा आएका थिए ।

सम्बन्धित स्रोतका अनुसार, पार्टी एकीकरणको प्रक्रिया करिब अन्तिम चरणमा पुगिसकेको छ र सम्भवतः यही साउनभित्रै दुई दलबीच एकीकरण भइसक्ने छ ।

साझा पार्टीका नेता रवीन्द्र मिश्र हुन् भने विवेकशील दलका नेता उज्जवल थापा हुन् । आफूलाई नेपाली राजनीतिको वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्ने दुवै दलले पार्टी एकीकरण प्रक्रिया अगाडि बढाउन वार्ता समिति बनाएका छन् ।

वार्ता समितिले नियमित बैठक बसी दुवै दलका विधान, घोषणापत्र, नेतृत्व, नाम, चिन्हसमेत तमाम प्राविधिक विषयमा छलफल गरिरहेको स्रोतले बताएको छ ।

एकीकरणपछि नयाँ पार्टीको नाम पुराना दुवै नाम मिलाएर विवेकशील साझा अथवा साझा विवेकशील राख्न सकिने प्रस्तावबारे पनि छलफल भइरहेको बताइएको छ ।

छिटै एकता महाधिवेशन गरेर प्रादेशिक र संघीय चुनावमा उल्लेखनीय उपस्थिति जनाउने लक्ष्यसाथ वार्ता अगाडि बढेको स्रोतले जनाएको छ ।

Logo