संसदमा गृहमन्त्री शर्मा

संसदमा गृहमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ९ साउन, काठमाडौं ।

गृहमन्त्री शर्माले महिला हत्या, हिंसा हुन नदिन सरकार प्रतिवद्ध रहेकोे पनि स्पष्ट पार्नु भयो । व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै उहाँले महिला हत्या, हिंसा नियन्त्रणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको पनि उल्लेख गर्नु भयो ।

गृहमन्त्री शर्माले महिला हिंसा न्यूनिकरणका लागि सरकारले सरोकारवाला निकायसँग समन्वय गरिरहेको जानकारी पनि दिनु भयो । केही समययता दैलेख, रुकुम, बाँके, खोटाङ, भोजपुर लगायतका जिल्लामा महिला हत्या र हिंसाका घटना बढ्दै गईरहेका छन ।

गृहमन्त्री शर्माले राष्ट्रिय परिचय–पत्रमा आमाको नाम छुटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट पार्नु भयो । सरकारले तयार पारेको राष्ट्रिय परिचय पत्रमा गम्भिर त्रुटि भेटिएको उल्लेख गर्दै केही दिन अघि समाचार प्रकाशित भएको थियो ।

सोही समाचार भ्रमपूर्ण रहेको उल्लेख गर्दै गृहमन्त्री शर्माले राष्ट्रिय परिचय पत्रमा तीनपुस्ते नै उल्लेख गरिएको पनि बताउनुभयो । उहाँले समाचार माध्यामहरुलाई सत्य, तथ्य पूर्ण समाचार सम्प्रेषण गर्न पनि आग्रह गर्नु भयो ।

Logo