नयाँ शक्तिको बैठक नागढुंगामा सुरु

नयाँ शक्तिको बैठक नागढुंगामा सुरु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ९ साउन, काठमाडौं ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालको संघीय कार्यकारी परिषदको बैठक सोमबारबाट सुरु भएको छ ।

स्थानीय तह २ चरणको निर्वाचनको समिक्षा गर्दै पार्टीको आगामी कार्यभार तय गर्ने मुख्य एजेन्डासहित संघीय कार्यकारी परिषदको बैठक बोलाइएको हो । बैठक स्थानीय तह निर्वाचनको समीक्षा गर्दैै पार्टीको आगामी कार्यभार तय गर्न केन्द्रित हुने पार्टीका संयोजक डा. भट्टराईले जानकारी दिनु भयो ।

बैठकमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकीकरण गर्ने/नगर्ने विषयमा पनि परिषदका नेताहरुको सुझाव लिइनेछ ।

नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तहको दुई चरणको निर्वाचनमा पराजित भएपछि त्यसको खोजी गर्न आन्तरिक छलफल सुरु गरेको हो । २ दिनसम्म चल्ने परिषद बैठकमा मुलुकलाई समृद्ध बनाउने आधारको समेत खोजि हुने दावी पनि गरिएको छ ।

Logo