सरकारलाई महेन्द्र राय यादवको चेतावनी

सरकारलाई महेन्द्र राय यादवको चेतावनी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ९ साउन, काठमाडौं ।

राष्ट्रिय जनता पार्टीले आफुहरुसंगको सहमति कार्यान्वयनलाई हल्का ढंगमा नलिन सरकार र राजनीतिक दललाई चेतावनी दिएको छ ।

सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन, संविधान संसोधन लगायत आफुहरुसंग विगतमा भएका सहमति कार्यान्वनमा सरकार र राजनीतिक दलहरु गम्भीर नबनेको भन्दै राजपाले हल्का ढंगले लिएमा भविष्यमा त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको हो । व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद महेन्द्र राय यादवले यथास्थितिमा आफुहरु निर्वाचनमा जाने अवस्था नरहेको भन्दै आफुहरुका मागलाई हल्का ढंगले नबुझ्न चेतावनी दिनुभयो ।

राजपाका अध्यक्ष मण्डलका सदस्य यादवले संविधान संसोधन प्रस्ताव अघि बढाउन, राजनीतिक मुद्धा फिर्ता लिदै बाकी रहेकालाई शहिद घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राजपालाई निर्वाचनमा सहभागी गराउने भन्दै सरकारले प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचनको मिति सारे पनि राजपा भने संविधान संसोधन लगायत माग पुरा हुनुपर्ने अडानमा यथावत उभिएको छ ।

Logo