कि मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला, नत्र आन्दोलन

कि मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला, नत्र आन्दोलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९ साउन । नेपाल महिला सङ्घले छिट्टै विस्तार हुन लागेको मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ । 

सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न सरकारसमक्ष आग्रह गर्नुभएको हो । 

उहाँले भन्नुभयो – “संविधानमा नै महिलाको प्रतिनिधित्व उल्लेख गरिसकेको छ तर प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको मन्त्रिपरिषदमा समेत महिलाको उल्लेख्य प्रतिनिधित्व हुन सकेन ।” 

उहाँले महिला आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै महिलाका लागि संविधानले तोकेअनुसारको अधिकार पाउनुपर्ने बताउनुभयो ।

“प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई भेटेर हामीले ३३ प्रतिशत महिलालाई मन्त्रिपरिषदमा समावेश गर्नुपर्यो भनेर भनेका थियौँ, उहाँले विचार गर्छु भन्नुभएको छ, विचार गरेर मात्र पुग्दैन समावेश गर्नुपर्छ” – अध्यक्ष रेग्मीले भन्नुभयो । 

अध्यक्ष रेग्मीले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको अधिकारलाई सुनिश्चित नगरे आफूहरु आन्दोलनमा उत्रिने चेतावनीसमेत दिनुभयो । रासस 

Logo