मन्त्रिपरिषद विस्तार भोली – अध्यक्ष दाहाल

मन्त्रिपरिषद विस्तार भोली – अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ८ साउन, काठमाडौं ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार मन्त्रिपरिषद विस्तार हुने बताउनु भएको छ ।

अध्यक्ष दाहालले अझै मन्त्रीपरिषद विस्तार हुन नसकेकोमा आफूलाई लाज लागेको प्रतिक्रिया पनि दिनु भयो । आईतबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले मन्त्रीपरिषद विस्तारका लागि आफूले पटक–पटक प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले मन्त्रीपरिषद विस्तारकै विषयमा आईतबार विहान पनि प्रधानमन्त्री देउवासँग आफूले भेट गरेको जानकारी पनि दिनु भयो । प्रधानमन्त्री देउवाले पार्टी भित्रको विवाद मिलाउन नसक्दा गत ४ गते पनि मन्त्रीपरिषद विस्तार गर्न सक्नु भएको थिएन । अध्यक्ष दाहालले आफनो पार्टीको तर्फबाट मन्त्री हुनेहरुको लिष्ट भने तयार भएको पनि स्पष्ट पार्नु भयो ।

सरकार गठन भएको डेढ महिना बढि भईसक्दा पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेकोमा प्रधानमन्त्री देउवाको आलोचना हुँदै अएको छ । काँग्रेसलाई १३ र माओवादी केन्द्रलाई ९ वटा मन्त्रालय दिने दुर्इं दलबीच समझदारी छ ।

Logo