चूडामणि शर्माविरूद्धको मुद्दा यथास्थितिमा राख्न आदेश

चूडामणि शर्माविरूद्धको मुद्दा यथास्थितिमा राख्न आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरूद्ध दायर भएको मुद्दा यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र चोलेन्द्रशमशेर जबराको इजलाशले विशेष अदालतमा दायर भएको मुद्दा तत्काललार्इ अगाडि नबढाउन अादेश दिएको हो। 

इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दालार्इ पूर्ण इजलाशमा पठाउने निर्णय गर्दै पूर्ण इजलाशको अादेश नअाएसम्म विशेष अदालतमा दायर मुद्दा यथास्थितिमा राख्नआदेश दिएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान अयोगले विशेष अदालतमा शर्मासहित तीन जनाविरुद्ध १० अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको छ  । विशेष अदालतमा शर्मासँगै कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख ८२४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको हो ।

Logo