कामदार महिला माथि हुने हिंसामा माधव नेपालको आक्रोश

कामदार महिला माथि हुने हिंसामा माधव नेपालको आक्रोश

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ४ साउन, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विदेशमा गएका महिला कामदारहरुको सुरक्षालाई उच्च प्राथमिकता दिन सरकारलाई सुझाव दिनु भएको छ ।

नेता नेपालले विदेशमा काम गरिरहेका नेपाली महिलामाथि बलात्कार जस्ता घटना दैनिक भइरहँदा पनि सरकारले दोषीमाथि कार्वाही गर्न नसकेको आरोप पनि लगाउनु भयो । बुधबार व्यवस्थापिका संसद अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा बोल्दै उहाँले माफियाहरुको फन्दामा परेर विदेशमा नेपाली कामदार महिलामाथि हुने हिंसा अन्त्य गर्न सरकार आफै अग्रसर हुन नसकेको आशंका पनि गर्नु भयो । नेता नेपालले विदेशमा रहेका नेपाली महिला कामदारहरुको पीडा सम्बोधन गर्न संसदीय समितिहरुले पनि गम्भिरता नदेखाएको स्पष्ट पार्नु भयो ।

नेता नेपालले नेपाली कामदारहरुलाई पीडा दिने काममा नेपाली रोजगारदाता कम्पनीहरुनै जिम्मेवार रहेको दावी पनि गर्नु भयो ।

 

Logo