भूकम्प पीडितलाई तत्काल अनुदानको रकम प्रदान गर्न विकास समितिको निर्देशन

भूकम्प पीडितलाई तत्काल अनुदानको रकम प्रदान गर्न विकास समितिको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : व्यवस्थापिका संसदको विकास समितिले आपूmखुसी बनाइएका घरहरुको प्राविधिक पक्षलाई तत्काल सुधार गरी अनुदानको रकम प्रदान गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले भूकम्प पीडितहरुले यस वर्षको वर्षायाम समेत अस्थाई टहरामा बिताई रहेका हुनाले पुनर्निर्माणको कार्यलाई यसै आर्थिक वर्षमा सम्पन्न गरिसक्न काम गर्ने नियत, संस्कार, शैलीमा सुधार गरी पुनर्निर्माणको काम गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय, स्थास्थ्य मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्राविधिक जनशक्ति उपलब्ध नगराई बनेका घरहरु मापदण्ड नपुगको भनि अनुदान रकम उपलब्ध नगराएका कारणबाट प्रभावितहरु थप पीडित भएको विकास समितिको ठहर छ ।

समितिले प्राधिकरणले शहरी विकास मन्त्रालयमार्फत ३० हजार र विभिन्न साझेदार संस्थामार्फत ३० हजार गरी जम्मा ६० हजार निर्माणकर्मी २०७३ चैत्र भित्र उत्पादन गर्ने भनिए पनि सो अनुसार नभएका कारण ४ महिनाको समय दिएर पूरा गर्न निर्देशन दिएको छ । नमुनाको रुपमा “एक वार्ड एक नमुना घर” तयार गर्न पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

सामग्रीको उपलब्धता र गुणस्तरण नियन्त्रणमा सहजिकरणका लागि आवश्यक व्यवस्था र समन्वयका लागि नेपाल सरकार, आपूर्ती मन्त्रालय, पुर्ननिर्माण प्राधिकरण, सम्बन्धित स्थानीय तहहरु र अन्य सरोकारवाला निकायहरुलाई पुनः निर्देशन गरेको छ ।

बजेट कार्यक्रमबाट समेत पारित गरिएको शहरी क्षेत्रका भूकम्प पीडितलाई २५ लाख र ग्रामिण क्षेत्रका भूकम्प पीडितलाई १५ लाख रुपैयाँसम्म सहुलियत ऋण र समुहिक जमानीमा तीन लाख रुपैयाँसम्म निव्र्याजी ऋण दिने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाइ निर्देशन दिएको हो ।

तेस्रो किस्ता लिने भूकम्प प्रभावित परिवार ०.४९ प्रतिशत

भूकम्प गएको २ वर्ष बितिसक्दा पनि सबै भूकम्प प्रभावितले राहत पाउन सकेका छैनन् । भूकम्पवाट ५ लाख ५७ हजार ५ सय ७७ परिवार प्रभावित भएपनि तेस्रो किस्ता करिब ३ हजारले मात्र पाएका छन् । यो संख्या पिडित परिवारको ०.४९ प्रतिशत मात्र हो ।

अनुदानको पहिलो किस्ता ५ लाख ५७ हजार ५ सय ७७ परिवारले पाएका छन् भने दोस्रो किस्ताको अनुदान पाउनेको संख्या मात्र ५५ हजार ५५ परिवार छ। त्यसैगरी तेस्रो किस्ताको अनुदान रकम पाउनेको संख्या जम्मा २ हजार ७ सय ३४ रहेको छ।

Logo