प्रधानमन्त्रीले नियुक्त गरे आधा दर्जन सल्लाहकार

प्रधानमन्त्रीले नियुक्त गरे आधा दर्जन सल्लाहकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त हुनुभएको छ । 

लामो समयदेखि आफ्नो निजी सचिवका रुपमा रहनुभएका भानुलाई आज प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले आजै वीरेन्द्र थापालाई स्वकीय सचिवमा नियुक्त गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले यसअघि परराष्ट्र सल्लाहकारमा डा दिनेश भट्टराई, प्रेस संयोजकमा गोविन्द परियार र स्वकीय सचिवमा केशव जोशीलाई नियुक्त गरिसक्नुभएको छ । रासस 

Logo