चन्द र राणाको अनुपस्थितीमा राप्रपाको बैठक सम्पन्न

चन्द र राणाको अनुपस्थितीमा राप्रपाको बैठक सम्पन्न

केन्द्रबिन्दु
0
Shares

३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

उक्त प्रतिवेदन राप्रपाको भोलिदेखि शुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत हुने पार्टीका सहायकमन्त्री राजाराम बर्ताैलाले जानकारी दिए ।

१७ सदस्यीय कार्यसम्पादन समितिको बैठकमा १३ जना सहभागी थिए । पार्टीका वरिष्ठद्वय नेता लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर राणा बैठकमा अनुपस्थित थिए ।

यसैगरी महामन्त्री जयन्त चन्दद्वारा प्रस्तुत सचिवालय, अर्का महामन्त्री ध्रुवबहादुर प्रधानद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन र कोषाध्यक्ष उद्धव पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि बैठकले अनुमोदन गरिएको उनले जानकारी दिए ।

केन्द्रीय कार्य समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन, संगठन सुदृढीकरण, संविधान संशोधन र पार्टीकातर्फबाट सरकारमा सहभागिताबारेमा छलफल हुने सो पार्टीले जनाएको छ ।

स्रोत – रासस

Logo