प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्नी आरजुकाे ज्ञापन

प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्नी आरजुकाे ज्ञापन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १ साउन । प्रधानमन्त्री शेरबहादुुर देउवासमक्ष अब विस्तार हुने मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । 

महिला सांसद समन्वय समितिमा आबद्ध महिला सांसदले आज प्रधानमन्त्री देउवासँग भेटी मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गरिनुपर्ने मागसमेत गर्नुभएको सांसद रेखा शर्माले राससलाई जानकारी दिनुभयो । 

महिला सांसद समन्वय समिति’की अध्यक्ष आरजु देउवाकाे नेतृत्वमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाइएकाे थियाे ।  

सो अवसरमा प्रधानमन्त्री देउवाले महिला सांसदले राखेका मागलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै ती माग पूरा गर्न सक्दो प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटमा सांसद सीता नेपाली, कुन्ती शाही, ईश्वरी न्यौपाने र सीता गुरुङको पनि सहभागिता थियो । रासस 

Logo