स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न काँग्रेसको माग

स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न काँग्रेसको माग

केन्द्रबिन्दु
0
Shares

३० असार, काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय क्षेत्रबाटै मतदाता नामावली संकलन गर्न निर्बाचन आयोगलाई सुझाब दिएको छ ।

काँग्रेसका नेताहरुले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेटगरी स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गर्न उपयुक्त हुने सुझाव दिएका हुन । आम मतदातालाई सहज हुने भएकाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई सुझाव दिइएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिुनभयो ।
काँग्रेसले साउन महिनाभर मतदाता नामावली संकलन गर्न पनि आग्रह गरेको छ । खेतीपातीको यो बेला १५ दिन भित्रमा मतदाता नामावली संकलनको काम नसकिने भएकाले यसको मिति पनि १५ दिन थप्न आग्रह गरिएको काँग्रेस नेता खाँडले बताउनु भयो ।

निर्वाचन आयोगले भने साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन र १६ गतेदेखि २० गतेसम्म त्यसको अध्यावधिक गर्ने कार्यतालिका नै सार्वजनिक गरेको छ । मंसीर पहिलो हप्ता भित्र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन समेत सम्पन्न गर्नुपर्ने भएकाले मतदाता नामावली संकलनको कामलाई छिटो सक्ने योजना बनाइएको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

Logo