जनमत खेर जान नदिन काठमाडौँका मेयरलाई ओलीको आग्रह

जनमत खेर जान नदिन काठमाडौँका मेयरलाई ओलीको आग्रह

केन्द्रबिन्दु
0
Shares

३० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रथम नगरसभाको पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन् ।
कार्यक्रममा जनप्रतिनिधिहरुलाई बधाइ र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मतदाताको मतलाई खेर जान नदिन आग्रह गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै महानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्यले नगरबासीको जनभावनाअनुसार काम गर्न थप उत्तरदायी बनाएको बताए । शाक्यले ठूला सडकको धुलो सफा गर्न ब्रुमर खरिद प्रक्रिया अघि बढेको पनि जानकारी दिए ।

त्यसैगरी उपप्रमुख हरिप्रभा खड्गीले महानगर तथा सम्पूर्ण स्थानीय तहका लागि गुरुयोजना बोध गरेको र नगर सभाले आवश्यक सम्पूर्ण कानुन, नीति तथा कार्यक्रमको दिसाबोध हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा सांसद रामेश्वर फुयाँल, भीमसेनदास प्रधान, रामजी मानन्धर, नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, राजन केसी, स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियालगायतको उपस्थिति रहेको छ ।

Logo