राप्रपामा विवाद रहेको स्वीकारे राणाले

राप्रपामा विवाद रहेको स्वीकारे राणाले

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २९ असार, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा पार्टी भित्र मतभेद रहेको स्विकारेका छन् ।

वरिष्ठ नेता राणाले पार्टी संविधान संशोधनको पक्षमा उभिएपनि पार्टी भित्रका केही नेताहरु त्यसको विपक्षमा रहेको स्पष्ट पारे । उनले आफूले पटक–पटक मधेशको माग सम्बोधन गरेर जान पनि संविधान संशोधन गर्नुपर्ने अडान लिँदै आएको पनि स्मरण गराए ।

विहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी सरकारमा जाने तर त्यसका लागि केही समय कुर्नुपर्ने पनि जानकारी दिए ।
वरिष्ठ नेता राणाले मुलुकलाई निकास दिन सबै राजनीतिक दलहरु एकतावद्ध हुनुको विकल्प नरहेकोे पनि बताए ।

Logo