उपेन्द्र यादवको दावी

उपेन्द्र यादवको दावी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २६ असार, काठमाडौं ।

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकले विद्यमान समस्या समाधान नगर्ने दावी गर्नु भएको छ ।
अध्यक्ष यादवले संसदमा विचाराधिन संविधान संशोधन विधेयक संशोधन हुनैपर्ने माग गर्नु भएको हो । सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले यही हप्ता भित्र संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिरहेका छन । तर, अध्यक्ष यादवले भने संसदमा विचाराधिन संविधान संशोधन विधेयकले कुनै हालतमा पनि समस्या समाधान नगर्ने दावी गर्नु भयो ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमका बोल्दै उहाँले राज्यको पुनर्संंरचना, सीमा निर्धारण र बहुभाषिक नीति अवलम्बन हुने गरी संविधान संशोधन विधेयक संशोधन गर्न पनि सरकारसँग माग गर्नु भयो । अध्यक्ष यादवले संसदमा विचाराधिन संविधान संशोधन विधेयक आफैमा त्रुटिपूर्ण, विभेदकारी र लोकतान्त्रिक मूल्य, मान्यता विपरित रहेको तर्क समेत गर्नु भयो ।

अध्यक्ष यादवले सरकारले स्थानीय तहको निर्वाचन एकैचरणमा नगरेर गल्ती गरेको आरोप पनि लगाउनु भयो ।

Logo