माओवादी केन्द्रको बोर्ड बैठक सकियो

माओवादी केन्द्रको बोर्ड बैठक सकियो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २६ असार, काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसदमा विचाराधिन संविधान संशोधन विद्येयक प्रक्रियामा अघि बढाउने बताउनुभएको छ ।

सोमबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय बोर्डको बैठकमा अध्यक्ष दाहालले संविधानको दायरा फराकिलो पार्दै राष्ट्रिय एकता सुदृढ गर्ने उद्धेश्य अनुरुप आफु नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक माथिको प्रक्रिया अघि बढाउने बताउनुभएको हो । जिम्मेवारपूर्ण भूमिका खेल्न नसके त्यसबाट असन्तुष्टीमा खेल्ने तत्वले फाइदा उठाउन सक्ने तर्फ सचेत गराउदै दाहालले निर्धारित समयमै सबै तहको निर्वाचन सम्पन्न गर्नुको साथै राजपा लगायतका असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराउन संविधान संसोधनको विकल्प नरहेकोमा जोड दिनुभयो । त्यसैगरी उहांले बजेटका पक्षमा मतदान गर्न दलमा व्हीप समेत जारी गर्नुभयो ।

बैठकमा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको रिक्त सभापतिको उम्मेदवारी र अन्य समितिमा रिक्त सदस्यहरुको पदपूर्तिका विषयमा पनि छलफल भएको थियो ।

 

Logo