कांग्रेसलाई केपी ओलीको यस्तो आरोप

कांग्रेसलाई केपी ओलीको यस्तो आरोप

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राजपालाई मोहरा बनाएको आरोप लगाउनुभएको छ ।

नेपाली कांगे्रसले नै राजपालाई निर्वाचनमा आउन नदिएको दाबी गर्दै उहाँले दुई नम्बर प्रदेशको निर्वाचनको मिति सार्न कांग्रेसले राजपालाई मोहरा बनाएको आरोप लगाउनुभयो । विराटनगर विमानस्थलमा सनिबार संचारकर्मीसंग कुरा गर्दे अध्यक्ष ओलीले राजपालाई देखाएर कांग्रेसले आफ्ना लागि दुई नम्बर प्रदेशको मिति आश्विनमा सारेको बताउनुभयो ।
अध्यक्ष ओलीलले जनताका लागि नभई साना समुह वा गुटका लागि र राष्ट्रिय उद्देश्य बाहेकका कसैको स्वार्थका लागि गरिने संविधान संसोधनमा एमाले नझुक्ने उद्घोष गर्नुभयो । संविधान संसोधन प्रस्ताव अघि बढाउने विषय कुनै पनि अवस्थामा ठिक नभएको भन्दै उहाले क्षणिक र तात्कालिक सत्ता स्वार्थमा उत्ताउलो नहुन सत्तारुढ दललाई सुझाव समेत दिनुभयो ।

अध्यक्ष ओलीले सरकार प्रदेश र केन्द्रको निर्वाचन गराउने पक्षमा नभएको जिकिर गर्नुभयो । संविधान कार्यान्वयनको लागि रुपान्तरित संसद राखिएको भन्दै उहाले असंबैधानिक ढंगले चल्ने अधिकार सरकारलाई पनि नभएको बताउनुभयो ।

अध्यक्ष ओली झापामा आयोजित विजयसभालाई सम्बोधन गर्न सनिबार त्यसतर्फ जानुभएको हो ।

 

Logo