‘एमाले सरकारको नेतृत्वमा नआए देश दुर्घटनामा’

‘एमाले सरकारको नेतृत्वमा नआए देश दुर्घटनामा’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असार ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अब पनि सरकारको नेतृत्व एमालेले नलिए देश गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।

एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले राजधानी काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि एमाले नेतृत्वमा सरकार नबने मुलुक गम्भीर दुर्घटनामा जाने चेतावनी दिएका हुन् । उनले यससँगै नेकपा एमालेले मात्रै जनता र राष्ट्रको हित गर्ने दावी पनि गरे ।

उपाध्यक्ष गौतमले एमाले मुलुकको परिवर्तन र अग्रगमनकारी शक्ति भएकाले जनताले यसलाई रुचाएको दावीसमेत गरे । उनले जनविरोधी शक्तिहरूले एमालेलाई अघि बढ्न नदिएको आरोप पनि लगाए ।

उपाध्यक्ष गौतमले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि एमाले पहिलो शक्ति बन्ने उल्लेख गरे । उनले जनताले चाहेकाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि एमालेले बहुमत ल्याउने दावी गरे ।

कार्यक्रममा प्रेस चौतारी, नेपालबाट निर्वाचित नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि तथा शाखा अध्यक्षहरूको सम्मान गरिएको थियो ।

Logo