यसो भने पूर्वराजा ज्ञानेन्द्रले

यसो भने पूर्वराजा ज्ञानेन्द्रले

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २३ असार काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई एकतावद्ध बनाएर लैजान राजनीतिक दलहरुलाई आग्रह गरेकाछन् ।

पूर्वराजा ज्ञानेन्द्रले पूर्खाहरुले जोगाएर राखेको देशलाई एकताको सुत्रमा बाँधेर अघि बढाउने जिम्मेवारी राजनीतिक दलहरुको भएको स्पष्ट पारे । शुक्रबार आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर निर्मल निवासमा आयोजित कार्यक्रममा उनले संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै पूर्खाहरुले आर्जेको मुलुक जोगाएर राख्ने दायित्व सबै देशबासीको भएको पनि उल्लेख गरे । पूर्व राजा शाहले पूर्खाले जोडेको र जोगाएको देश सदा संरक्षित होस्, सदा समृद्धिको बाटोमा अघि बढोस् भन्ने नै आफ्नो मूल चाहना र कामना भएको पनि बताए । उनले देश जोगियोस्, जोडियोस् र सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर रहोस् भन्ने आफनो मनोकांक्षा रहेको पनि स्पष्ट पारे ।

पूर्वराज्ञा शाहले पद, प्रतिष्ठा र प्रशंशा भन्दा पनि आफनो निरन्तरको चाहना देशभक्ती भएको पनि उल्लेख गरे । उनले राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न पनि सबैमा आह्वान गरे । पूर्वराजा शाहले निराशा बनेर विदेशीएका युवाहरुलाई देशमै गरिखाने बाटो बनाउनुपर्नेमा समेत जोड दिए ।

 

Logo