आन्तरिक विवाद चुलिँदै जाँदा कांग्रेसको १४ औं महाधिवेशन अन्योलमा (भिडियोसहित)

आन्तरिक विवाद चुलिँदै जाँदा कांग्रेसको १४ औं महाधिवेशन अन्योलमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

पार्टीभित्रका दुई समूहबीच आन्तरिक विवाद चुलिँदै जाँदा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्धारित समयतालिकामा सम्पन्न नहुने देखिएको छ। क्रियाशील सदस्यता वितरण, नवीकरण र पार्टी समायोजनको विषय पेचिलो बन्दै गएपछि महाधिवेशन प्रभावित हुने देखिएको हो। कार्यतालिकाअनुसार १२ साउनमा वडा र १६ साउनदेखि कांग्रेसको पालिकास्तरको अधिवेशन हुनुपथ्र्यो। तर, हालसम्म दुबै तहको अधिवेशन भएको छैन। अब, कहिले अधिवेशन हुन्छ भन्ने टुङ्गो पनि छैन।

बुधबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद्हरुले दार्चुला तुइन प्रकरणमा भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना माग्नु पर्ने आवाज उठाएका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुकै संलग्नता भएको भन्दै भारतले सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका हुन्। यस्तै धामी बेपत्ता प्रकरणमा सरकारले खुट्टा कमाएको र अब, प्रधानमन्त्रीले नै भारतिय समकक्षीसँग सम्वाद गर्नुपर्ने अथवा राजदूतलाई बोलाएर यस सम्बन्धमा सम्वाद गर्नुपर्नेमा विपक्षी सांसद्हरूले माग राखेका छन्। 

सरकार परिवर्तनसँगै यसवर्ष राष्ट्रबैंकले मौद्रिक नीति सार्वजिनक गर्न ढिलासुस्ती गर्दै जाँदा धेरैंको चासो बढ्न थालेको छ। तर, राष्ट्र बैंकले भने नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न सकिने स्पष्ट पारेको छ । यद्यपि राष्ट्रबैंका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको तयारी भने लगभग पूरा भएको बताएका छन्। 

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन्। कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत संस्थामा बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको हो। अहिलेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निषेधाज्ञा खुला राखेर जनस्वास्थ्यका मापदण्ड लागू नगरेमा असोज १५ पछि सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी नै दिएको छ। यद्यपि सर्वसाधरणले भने हेलचक्रयाइँ गरिरहेको जनस्वास्थ्य विद्हरूको भनाइ छ।

यसैक्रममा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना निको भएका छन्। तर, आजै ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ भने, अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ रहेको मन्त्रालयले जनाएको छ। बुधबार ३५ जनाको मृत्यु भएको तथा हालसम्म कुल मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको पनि मन्त्रालयले जनाएको छ।

मंगलबार सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन्। बुधबार पत्रकारसँगको भेटघाट कार्यक्रममा क्रिकेटको प्यासन सकियो र चुनौती सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फकिर्ने बताएका हुन्।

Logo