मन्त्री छान्न र न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्दै माओवादी

मन्त्री छान्न र न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्दै माओवादी

केन्द्रबिन्दु
0
Shares

मन्त्री छान्नेबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बैठक अपरान्ह चार बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताए।

उनका अनुसार बैठकमा मन्त्री छान्ने विषयले प्राथमिकता पाउने छ। गठबन्धनले गठन गरेको कार्यदलले बुझाएको सरकारको न्यूनतम साझा कार्यक्रमबारे पनि छलफल हुने गजुरेलले केन्द्रविन्दुलाई बताए।

कार्यदलले आजै गठबन्धनमा रहेका दलका नेताहरूलाई प्रतिवेदन बुझाएको छ। सोही कार्यक्रमअनुसार सरकार सञ्चालन हुने कार्यदलले जनाएको छ।

Logo