लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिँदैछन्। प्रदेश सभामा आफू अल्पमतमा परेपछि प्रदेश मुख्यमन्त्री पोखरेलले आजै दिउसो १बजे भित्र राजीनामा दिने भएका हुन्।

उनी राजीनामासहित प्रदेश प्रमुख कार्यालय तर्फ हिँडेको एक सांसदले जानकारी दिए।

एमालेका प्रभावशाली दोस्रो तहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल जसपाका ३ सांसद कारवाहीमा परेपछि पूर्णरुपमा अल्पमतमा परेका हुन्। सर्वोच्चको आदेश पर्खिने भनेतापनि मुख्यमन्त्रीले आजै राजीनामा दिन लागेको स्रोतको दाबी छ।

‘अदालत पनि पुरै सेटिङमा भएको हामीले जानकारी पायौं, जे होस् फोहोरि खेलबाट हामी टाडा हुन्छौं, सशक्त प्रतिपक्षको भूमिकामा हामी बस्छौं,’स्रोतले केन्द्रबिन्दु सँग भन्यो।

एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलो पटक नियुक्त भएका थिए। तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई दल (एमाले र माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

बहुमत प्राप्त दलको नेताका रुपमा शंकर पोखरेल १९ वैशाख २०७८ मा बिहानै राजीनामा दिएर सोही दिन बेलुका पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । यो पटक उनी धारा १६८ को उपधारा १ बमोजिम नियुक्त भएका थिए।

४१ जना एमालेका सांसदहरुको हस्ताक्षरमा प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई पुनः नियुक्त गरेपनि त्यहाँ रहेका ३ जना एमाले सांसदहरुले उनको छाथ छाडेपछि उनी अल्पमतमा परेका हुन्।

दाङका अमर डाँगी र कपिलवस्तुका दृर्घनारायण पाण्डेले एमालेसँगै सांसद पदबाट राजीनामा दिए भने नेकपाको उपनिर्वाचनबाट आएकी एमाले सांसद विमला वलीले साथ छाडेर माओवादीतिर लागिन्।

परिस्थितिमा नाटकीय फेरबदल नभए माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री चयन हुँदैछन्।

Logo