महाधिवेशन सार्ने विषयमा निकट नेतासँग छलफल गर्दै देउवा

महाधिवेशन सार्ने विषयमा निकट नेतासँग छलफल गर्दै देउवा

केन्द्रबिन्दु
0
Shares

महाधिवेशनको समय सार्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवाले निकट नेताहरूसँग छलफल गरिरहेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले २३ भदौ अगाडि नै महाधिवेशन हुनुपर्ने अडान राखेपछि देउवाले बूढानीलकण्ठस्थित निवासमा निकटका पदाधिकारी र केन्द्रीय कार्यसमितिका नेताहरूसँग छलफल गरिरहेका हुन्।

आगामी भदौ १६ गतेदेखि महाधिवेशन नभएपछि महाधिवेशन सार्ने मुडमा देउवा छन्। 

उनी निकट पूर्वकार्यवहाक सभापतिसमेत रहेका गोपालमान श्रेष्ठले निर्धारित समयमा महाधिवेशनको सम्भावना कोभिड महामारी र बर्खाले गर्दा सम्भव नहुने भन्दै शून्य समयमा हुने बताउँदै आएका छन्।

देउवा पनि निर्वाचन आयोगलाई पार्टीको वैधानिकता गुमेको अवस्थामा ५० हजार जरिवाना तिर्न तयार छन्। 

जरिवानास्वरुप उक्त परिमाणमा रकम बुझाएपछि ६ महिनाभित्रमा महाधिवेशन गर्नुपर्ने बाध्यता रहन्छ।

देउवा यही छ महिना (शून्य समय) मा महाधिवेशन गर्ने पक्षमा छन्। तर, सोमबार र मंगलबार बसेको पौडेलपक्षीय जिल्ला सभापतिहरूको भेलाले भने जुनसुकै हालतमा महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्।

महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशन गरेर भए पनि पार्टीलाई कानुनी संकटबाट मुक्त गर्नुपर्ने उनीहरूको माग छ। 

Logo