जनमतकाे उपहास गर्दा ओली बालुवाटारबाट बालकोट पुगे: कांग्रेस नेता सिंह

जनमतकाे उपहास गर्दा ओली बालुवाटारबाट बालकोट पुगे: कांग्रेस नेता सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा बालुवाटारबाट ओली बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नु पर्ने बताएका छन्।  

जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बहिर्गमन भएको भन्दै संविधान र कानुनभन्दा माथि कोही पनि नहुने बताए।

ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि वढेको भन्दै ओलीमा भनाइ र गराइ फरक रहेको बताए। आफ्नो शासनकालमा के कति भष्टाचारका समाचार आए भन्ने कुरा ख्याल गर्नसमेत आग्रह गर्दै म नै सबथोक मैले बोलेपछि, मैले भनेपछि किन नहुने भनेकै कारण  झन्डै दुईतिहाइको सरकार ढलेर बालुवाटारबाट बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नु पर्ने नेता सिंहको भनाइ छ। 

समयको माग र जन चाहाना अनुरुप विधि प्रक्रियाबाट नचल्दाको परिणाम ओली सरकारको बहिर्गमन रहेकाले यो कुरामा सबै राजनीतिक दल गम्भीर बनेर आगामी दिनमा अघि बढ्नु पर्ने बताए।
     
आज भक्तपुरको मध्यपुर नगरपालिका वडा नं तीनको नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नेता सिंहले जनप्रतिनिधि, जनता र मुलुकप्रति उत्तरदायी हुनु पर्ने भन्दै जन प्रतिनिधिले गर्ने व्यवहारलाई नागरिकले उच्च महत्त्वका साथ हेरिरहेका हुनाले जनप्रतिनिधिका गतिविधिले जनताको राजनीतिककर्मि माथिको धारणा बन्ने भन्दै अहिले नागरिकमा राजनीतिले छाएको निरासा चिर्ने गरि काम गरेर देखाउनु पर्ने बेला भएकोसमेत बताएका छन्।

Logo