ओलीप्रवृत्ति एउटा पार्टीको आन्तरिक मुद्दा मात्र हाेइन, देशकै लागि खतरा हाेः बाबुराम भट्टराई

ओलीप्रवृत्ति एउटा पार्टीको आन्तरिक मुद्दा मात्र हाेइन, देशकै लागि खतरा हाेः बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओली प्रवृत्ति देश र लोकतन्त्रका लागि नै खतरा भएको बताएको बताएका छन्।

सामाजिक संजालमार्फत भट्टराईले ओली प्रवृत्ति नेकपा एमाले पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रका निम्ति खतरा भएको बताएका हुन्। सच्चिन्छ र सुध्रिन्छ भन्नु भ्रम रहेको उनको भनाइ छ।

‘ओलीप्रवृत्ति एउटा पार्टीको आन्तरिक मुद्दा मात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रका निम्ति खतरा र साझा मुद्दा हो,’ उनी भन्छन् , ‘यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो। यो सच्चिन्छ र सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बाँच्छ भन्नु उस्तै भ्रम हो। सबैको चेत खुलोस्।’

Logo