प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गरेः शंकर पोखरेल

प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गरेः शंकर पोखरेल

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको आरोप लगाएका छन्।

उनले अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको पनि टिप्पणी गरे।

‘आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरे’, उनले भनेका छन्।

दाङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वाकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोपसमेत लगाए।

‘पुष्पकमल दाहाल प्रचण्ड माओवादीका नेता, उहाँलाई आधार बनाएर हामीले चुनावी गठबन्धन गर्यौं । पार्टी एकता गर्यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रहेनछ’ पोखरेलले  भने, ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो।’ 

‘आजको परिणामले त्यही पुष्टि भएको छ। प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वाकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको हो’, उनले भने।

Logo