माओवादी केन्द्रको स्थायी कमिटी बैठक, के भयो निर्णय?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक, के भयो निर्णय?

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले आजै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ।

आइतवार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो। बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले आजको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि बस्ने स्थायी कमिटीको बैठकले व्याख्या र निष्कर्ष निकाल्ने बताए।

उनले भने, “आज बसेको स्थायी कमिटीको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरि अगाडि बढ्ने कोसिस गर्ने समझदारी बनाएका छाैं, आजको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरु आउनेछन्, त्यसपछि त्यसको व्याख्या र निष्कर्षका लागि स्थायी कमिटीको बैठक भोलि बस्नेछ।”

आजको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगतरुपमा छलफल हुनेछ। समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ।

Logo