वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ। बैठक मङ्गलबार अपराह्न २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए।
 
उनका अनुसार बैठकका लागि आज अपरान्ह ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ। 

यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए। सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो। 

Logo