गठबन्धनले ‘हिरो’ भनेका प्रधानमन्त्री ‘जिरो’ भएः गोकुल बाँस्कोटा

गठबन्धनले ‘हिरो’ भनेका प्रधानमन्त्री ‘जिरो’ भएः गोकुल बाँस्कोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ गठबन्धनले ‘हिरो’ भनेका प्रधानमन्त्री शेरबहादुर देउवा ‘जिरो’ भएको टिप्पणी गरेका छन्।

अफगानिस्तानमा रहेका नेपालीहरूको उद्दारमा भएको ढिलाइप्रति चर्को विरोध गर्दै प्रतिनिधिसभा बैठकमा सोमबार उनले देउवा ‘जिरो’ हुने छुट नभएको बताए।
देउवा सरकार यतिको गैरजिम्मेवार होला भनेर कल्पनासमेत नगरेको उनको भनाइ छ।

अफगानिस्तान सार्क राष्ट्र भएको र त्यसको अध्यक्षता नेपालले गरिरहेको भन्दै त्यहाँ दुनियाँ चकित हुने गरिको राजनीतिक परिवर्तन हुँदा पनि देउवा सरकार जनकवि केशरीराजले भने जस्तो ‘दुनियाँभर मादल बज्दा पनि ब्युँझिएन’ भने जस्तो भएको बताए।

संकटमा परेका नेपालीहरूले आफ्नो देशमा परमादेश र ‘कम्फर्टेबल’ सरकार भएको थाहा नपाएको पनि उनको टिप्पणी छ।

तर, जसरी भए पनि आफ्ना नागरिहरूको सुरक्षा र स्वदेश फिर्तीमा सरकारले ध्यान दिनुपर्ने बताए।

Logo