एमालेले नेपाल पक्षका ११ समानुपातिक सांसदलाई हटाउँदै, काे-काे छन् हटाइने सूचीमा?

एमालेले नेपाल पक्षका ११ समानुपातिक सांसदलाई हटाउँदै, काे-काे छन् हटाइने सूचीमा?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले पछिल्लो समय माधवकुमार नेपाल पक्षमा लागेका समानुपातिक सांसदहरूलाई कारबाही गर्ने प्रक्रिया थालेको छ।

स्रोतका अनुसार नेपाल पक्ष पार्टी फोरेर अघि बढ्ने निष्कर्षमा पुगेसँगै पार्टीले उनीहरूलाई कारबाही गर्न लागेको हो। पार्टीले नेता मुकुन्द न्यौपाने, रामकुमारी झाँक्रीसहितका ११ सांसदमाथि कारबाही गर्न लागेको हो । एमालेले ती समानुपातिक सांसदलाई हटाएर संस्थापन पक्षका नयाँ सांसद ल्याउने तयारी भइरहेको एमालेका एक नेताले बताए। त्यसैका लागि एमालेले संसदीय दलको बैठकसमेत बोलाएको छ।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा २२ जना सांसदले पार्टी ह्वीप उल्लंघन गर्दै फ्लोरक्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा संसदमा हस्ताक्षर गरेर विश्वासको मत दिएका थिए। उनीहरू निरन्तर एमालेविरोधी गतिविधिमा लाग्दै आएको आरोप छ।

कारबाहीमा पर्ने सांसद को को हुन् ? 

एमालेले सांसद पदबाट हटाउन लागेकाहरूमा मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, पार्वती विशुंखे, कल्याणी खड्का, समिना हुसेन, विना बुढाथोकी, निरादेवी जैरू, कलिला खातुन, लक्ष्मी चौधरी, पुष्पा कर्ण र सरला यादव । 

उनीहरू सबै समानुपातिक सूचीमा सांसद भएका व्यक्ति हुन्।

Logo