एमाले फुटाउन अध्यादेश ल्याउने देउवा सरकार कुन नैतिक धरातलमा उभिन्छ?: विशाल भट्टराई

एमाले फुटाउन अध्यादेश ल्याउने देउवा सरकार कुन नैतिक धरातलमा उभिन्छ?: विशाल भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई अध्यादेशबाट शासन चलाउन खोजेको भन्नेहरूले नै अध्यादेश ल्याएर एमाले फुटाउन लागेको बताएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले अध्यादेश ल्याउँदा चर्को विरोध गर्ने दलहरू सरकारमा रहेको र ती दलहरूले अध्यादेश ल्याएर एमाले फुटाउन लागेको बताए। उनले सत्तारुढ दलहरू नैतिक दृष्टिले कहाँ उभिन्छन्? त्यो हेर्न बाँकी रहेको केन्द्रविन्दुलाई बताए।

अध्यादेश ल्याउने भन्ने कुरा सरकारको हो तर, पहिला हामीलाई अध्यादेशबाट शासन गर्ने भन्नुहुन्थ्यो’, सचेतक भट्टराईले भने, ‘नैतिक दृष्टिकोणले उहाँहरू कहाँनिर उभिनुहुन्छ हेर्न बाँकी छ।’

राजनीतिक दल विभाजन खुकुलो बनाउने गरी राजनीतिक दलसम्बन्धी विधेयक अध्यादेशमार्फत् सरकारले ल्याउन लागेको चर्चाबीच सचेतक भट्टराईको यो अभिव्यक्ति आएको हो।

उनले अध्यादेश ल्याउने हल्ला सुनिएको बताए।

अध्यादेशमार्फत विद्येयक ल्याएर एमाले विभाजन गर्न सरकार लाग्दा एमाले अध्यक्ष केपी ओलीले भने वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय समानुपातिक सांसदहरूलाई हटाउने भएका छन्।

Logo