अध्यादेशः ‘माधव र महन्थ’ का लागि !

अध्यादेशः ‘माधव र महन्थ’ का लागि !

केन्द्रबिन्दु
0
Shares

सरकारले राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरि अध्यादेश माधवकुमार नेपाल र महन्थ ठाकुरका लागि ल्याउन लागेको छ।

नेपाल एमालेको वरिष्ठ नेता हुन्। उनी अध्यक्ष केपी ओलीसँग थप संघर्ष गरेर अघि नबढ्ने भएका छन्।

ठाकुरलाई भने सर्वोच्च अदालतले जनता समाजवादी पार्टीबाट अलग गराएको हो। राष्ट्रिय कार्यकारिणी र संसदीय दलमा बहुमत पुर्याउन नसकेपछि उनी अल्पमतमा पर्दै अन्ततः जसपाको आधिकारिता गुमाउन पुगेका नेता हुन्।

नेता नेपाललाई सत्तारुढ गठबन्धनले यसअघिदेखि नै एमालेबाट अलग हुने मात्रै भनिएको अवस्थामा राजनीतिक दल विभाजन खुकुलो बनाउने गरिको अध्यादेश ल्याउने जनाएको थियो।

सरकारले अध्यादेश आजै ल्याउने भएको छ। मन्त्रिपरिषद् बैठक पनि बसेको छ। अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्क नेम्बाङ ‘मिक्सो’ ले अध्यादेश आजै ल्याउने र सम्पूर्ण तयारी पूरा भएको केन्द्रविन्दुलाई बताए।

ठाकुर पनि अलग पार्टी खोल्नका लागि अध्यादेशको आशमा थिए। त्यही भएर उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आजै भेट गरेका थिए।

ल्याउन लागेको अध्यादेशमा २० प्रतिशत केन्द्रीय कमिटी वा संसदीय दलमा पुगे दल फुटाउन पाउने प्रावधान राखिएको बताइएको छ। यस अघि यसका लागि ४० प्रतिशत अनिवार्य थियो।

Logo