प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्छः योगेश भट्टराई

प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्छः योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने बताएका छन्।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडयन्त्र भएको बताएका छन्।

विगतको फोहोरी राजनीतिक अध्यासबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु नेतृत्वको असफलता भएको भट्टराईले टिप्पणी गरेका छन्। यस्तै पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले केही कदम पछाडि हटेर त्याग गर्नुपर्ने उनको भनाइ छ।

Logo