दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध ओली पक्षीय युवासंघको विरोध प्रदर्शन

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध ओली पक्षीय युवासंघको विरोध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

ओली पक्षीय युवासंघले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध प्रदर्शन गरेको छ।

मंगलवार काठमाडौंको बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवासंघ नेपालले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको बिरोध प्रदर्शन गरेको हो। 

युवासंघ नेपालले नेकपा एमाले जिन्दवाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर, विदेशी दलाल शेरबहादुर देउवा मुर्दावाद जस्ता नारा लगाएर बिरोध प्रदर्शन गरेका हुन्। 

युवासंघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढासमेत गरेको थियो। सरकारले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएको थियो। 

Logo