राष्ट्रपतिद्वारा अध्यादेश जारी, माधव पक्षलाई नयाँ पार्टी खोल्ने बाटो खुल्यो

राष्ट्रपतिद्वारा अध्यादेश जारी, माधव पक्षलाई नयाँ पार्टी खोल्ने बाटो खुल्यो

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन्। आज दिउँसो साढे एक बजे राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यलयले जानकारी दिएको हो।

दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको थियो।

संसद् अधिवेशन अन्त्य भएको बेला अध्यादेश आउनु स्वभाविक पनि हो। अध्यादेश आउनु संविधानसम्मत रहेको भए पनि पछिल्लो समय सरकारले कुनै दललाई विभाजन गर्न अध्यादेश ल्याउनु गलत रहेको भन्दै चौतर्फी विरोध भइरहेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो। 

यो निर्णयको सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबाट विरोध हुँदै आएको छ । यो अध्यादेश जारी भएसँगै माधव नेपाल समूह र महन्थ ठाकुर समूहलाई नयाँ दल खोल्ने बाटो खुलेको छ।

Logo