दल विभाजन अध्यादेश जारी भएसँगै माधव नेपाल समूह आन्तरिक छलफलमा

दल विभाजन अध्यादेश जारी भएसँगै माधव नेपाल समूह आन्तरिक छलफलमा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेबाट कारवाहीमा परेका माधव नेपालसहित १४ जना सांसद र अन्य नेताहरू राष्ट्रपतिले दल विभाजन सम्वन्धी अध्यादेश जारी गरेसँगै आन्तरिक छलफलमा जुटेका छन्।

वानेश्वरस्थित अर्याल होटलमा उनीहरू आन्तरिक छलफलमा जुटेका हुन्। माधव पक्षका नेता जीवनराम श्रेष्ठले आफूहरू आन्तरिक छलफलमा जुटेको बताए।

यता राष्ट्रपति कार्यालयबाट सरकारले मंगलबार सिफारिस गरेको दल विभाजन अध्यादेश जारी भएसँगै अब माधव पक्ष र जसपा ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न बाटो खुलेको छ।

जसपा ठाकुर पक्ष पनि दल दर्ता गराउने सुरमा छ। यता माधव पक्ष भने अब के गर्ने भन्ने छलफलमा छ । एमालेको कारवाहीमा परेका सांसद भवानी खापुङले भने अन्तिमसम्म पनि ओली सुघ्रिए पार्टी नफुट्ने प्रतिक्रिया दिएका छन्।

'हामी अहिले पनि एकताको लागि पहल गर्छौं तर, ओलीले मानेनन् भने हामी फूट्न बाध्य हुन्छौं', खापुङले भने।

कारवाहीमा परेका अर्का सांसद मेटमणि चौधरीले भने तत्काल नयाँ पार्टी गठन गरेर सरकारमा सहभागि हुने जिकिर गरे।

Logo