ठाकुर पक्ष पनि नयाँ पार्टी गठन गर्न छलफलमाः सम्भावित नाम,‘जसपा नेपाल लोकतान्त्रिक’

ठाकुर पक्ष पनि नयाँ पार्टी गठन गर्न छलफलमाः सम्भावित नाम,‘जसपा नेपाल लोकतान्त्रिक’

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि नयाँ पार्टी दर्ता गर्न तयारी थालेको छ।

उनीहरू आजै नयाँ पार्टी गठन गर्ने गरि छलफलमा बसेका छन्। सरकारको दल विभाजन खुकुलो पार्ने अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण गरिदिएसँगै उनीहरूलाई सहज भएको छ।

जसपा आधिकारिकता उपेन्द्र यादवले पाएसँगै उनीहरू दलविहिन भएका थिए। सोमबार सरकारले संघीय संसद् वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले नयाँ दल दर्ताको तयारी गरेको हो। 

जसपाका एक नेताले जसपा नेपाल (लोकतान्त्रिक) नाम राखिनेगरि छलफल भएको र त्यसको अध्यक्ष भने महन्थ ठाकुर रहने बताए।

उनले जसपा नेपाल (लोकतान्त्रिक) को चुनाव चिन्ह साइकल प्रस्ताव गरिएको पनि केन्द्रबिन्दुलाई बताए।

जसपा ठाकुर पक्ष दलविहिन भएपनि उपेन्द्र यादवले भने कारवाही गरेको छैन। उनीहरू सदनमा प्रतिपक्षको बेन्चमा बसिरहेका छन्।

Logo