माधव नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले समाजवादी, चुनाव चिह्न ‘खुला किताब’

माधव नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले समाजवादी, चुनाव चिह्न ‘खुला किताब’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपतिले दल विभाजन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेसँगै नेकपा एमाले विधिवतरुपमा फुटेको छ।

माधव नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता प्रक्रिया सुरू गरेको उक्त समूहका नेता मेटमणि चौधरीले बताए। चौधरीका अनुसार नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी राखिएको छ। माधव नेपाल एकल अध्यक्ष रहने गरी ४७ केन्द्रीय कमिटी सदस्य र २४ सांसदको हस्ताक्षरसहित निर्वाचन आयोगमा निवेदन दर्ता भइसकेको छ।

यसको जानकारी संसद सचिवालयलाई समेत गराइसकेको चौधरीको भनाइ छ। उक्त पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएकाे छ । 

Logo