मन्त्रिपरिषद् बैठकः गाईजात्रा र श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा

मन्त्रिपरिषद् बैठकः गाईजात्रा र श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। त्यसैगरी बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा उपत्यकामा सार्वजनिक बिदासँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

त्यस्तै भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको गरिएको प्रवक्ता कार्कीले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले काठमाडौं– तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरुको निर्माण गर्नका लागि मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ। 

त्यसैगरी सहसचिव डिल्लीराम शर्मालाई विशिष्ट श्रेणीमा बढुवा गरेको तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए। मन्त्रिपरिषद्ले सिँचाइ र ऊर्जा मन्त्रलयका केही वरिष्ठ इन्जिनीयरहरुलाई द्वितीय श्रेणीबाट प्रथम श्रेणीमा बढुवा गरेको पनि उनले जानकारी दिए।

Logo