१४ सांसदमाथि गरिएको कारवाही अघि बढाउन माग गर्दै एमाले सांसदहरु संसद् सचिवालयमा

१४ सांसदमाथि गरिएको कारवाही अघि बढाउन माग गर्दै एमाले सांसदहरु संसद् सचिवालयमा

केन्द्रबिन्दु
0
Shares

माधव नेपालसहित १४ सांसदमाथि गरिएको कारवाही अगाडि बढाउन माग गर्दै नेकपा एमालेका सांसदहरु सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न संसद सचिवालयमा पुगेका छन्। 

बिहीबार पनि एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर १४ सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउन गम्भीर ध्यानाकर्षण गराएको थियो।

एमालेका सांसदहरूले आज पनि सभामुखको कार्यकक्षमै पुगेर उनीहरुलाई कारवाही गर्न दबाब दिएका हुन्। 

नेकपा एमालेका सांसदहरुले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारवाही गर्न माग गरेको सांसद महेश बस्नेतले जानकारी दिए। 

एमालेले कारवाही गरेका १४ सांसदलाई कारवाहीमा विलम्ब गरेको भन्दै एमाले नेताहरू आक्रोशित भएका छन्। बिहीबारको एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सभामुख पार्टीको सदस्य जस्तो भएर काम गरेको आरोपसमेत लगाएका थिए। उनले सभामुख बन्न मन छ कि छैन भनेर सापकोटालाई धम्कीको भाषा पनि प्रयोग गरेका थिए। 

नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारवाही गर्छु भन्ने सोचेको भए नेकपा एमाले चुप लागेर नबस्ने ओलीले चेतावनी दिएका थिए।

Logo