महन्थ ठाकुरको पार्टीको नाम परिर्वतन, लोकतान्त्रिक समाजवादी पार्टी रहने

महन्थ ठाकुरको पार्टीको नाम परिर्वतन, लोकतान्त्रिक समाजवादी पार्टी रहने

केन्द्रबिन्दु
0
Shares

महन्थ ठाकुरले पार्टीको नाम परिर्वतन गरेका छन्। जसपासँग मिल्न गएपछि निर्वाचन आयोगले त्यो नाममा पार्टी दर्ता गर्न नमान्ने बुझेपछि लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए। 

अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ।

साथै कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको नेता कर्णले जानकारी दिए। 

साथै शरदसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राखिएको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए।

Logo