नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको सेवाबाहेक आफ्नो अरु कुनै काम नभएको बताएका छन्।.
शुक्रबार काठमाडौंको चन्द्रागिरी हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरी जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र जनताको सवाबाहेक आफ्नो अरु कुनै जागिर नभएको स्पष्ट पारे। उनले जसले चाहेपनि आफूलाई सदुपयोग गर्न सक्ने बताए।
जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै अध्यक्ष ओलीले आफू त्यसका लागि तयार रहेको बताए। उनले भने, ‘देशको, जनताको सेवा बाहेक छुट्टै जागिर छैन । केही पनि छैन। त्यसकारण जसले जहाँ समाएर काम लगायो, हलो जोत भन्यो, हलो जोत्यो। पर्खाल लगाऊ भने पर्खाल लगायो। घर छा भने घर छायो । ट्याक्टर चला भने चलायो। भिराडिल बनाऊ भन्यो, बनायो । सम्म पार भन्यो, सम्म पार्यो । जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु । तपार्इंहरु काम लगाउनुहोस् ।’
त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दाबस्दै कविता लेखेर बाचन गरेका थिए। शीर्षक आफै राख्नुहोस् भन्ने उनले यसरी कविता बाच्न गरे–
इच्छुमतिको किनार,
घुमेर मिराडिल
घुम्दै आइपुगियो
यता रमणीय चन्द्रागिरि हिल
कतै इतिहास, कतै परम्परा
गौरव र पौरख
यहीँका
डाँडाहरुका सतिदेवी
काँधमा बोकेर
शोकमग्न शिवजी
भौंतारिएका थिए
यहीँ चन्द्रगिरि हुँदै
३२ सय वर्ष पहिले
चित्लाङबाट
गोपालीहरु
उपत्यका पसेका थिए
यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर
इच्छुमतिको किनार, घुमेर भिराडील
घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल
कतै इतिहास, कतै परम्परा गौरव र पौरख
यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर
शोकमग्न शिवजी भौतारिएका थिए
यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले
चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए
यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर काठमाडौँलाई नियालेका थिए
देवकोटाले मानवताको बिगुल फुकेका थिए।।।
यही ठाउँमा अहिले फालिएको भिरलाई
गन्तव्य बनाएका छन पौरखीहरुले”
अध्यक्ष ओलीले तीन वर्ष अघि पनि चन्द्रागिरि हिल्समा पुगेपछि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ।।।’ भन्ने सन्देशको रचना सिर्जना गरेका थिए।
ओलीद्वारा शैक्षिक सुधारका लागि १ लाख सहयोग
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गरेका छन्।
शुक्रवार चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही वडामा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उनले उक्त क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने बताए। उनले धर्तीमा कुनै पनि व्यक्ति वा वस्तु काम नलाग्ने नहुने भएको र यसको ज्वलन्त उदाहरण भिराडिल खाइको साकुरा पार्क भएको बताए।
उनले सबै मानिस भीरमा जान नखोज्ने भन्दै भीरलाई व्यवस्थित गर्न सके गन्तव्यस्थल बन्ने बताए। अध्यक्ष ओेलीले पुरानो मित्रराष्ट्र जापान र नेपालबीचको सम्बन्धलाई पार्कले सम्बोधन गरेको बताए।
प्रतिक्रिया